श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
काठमाडाैं | माघ २१, २०७९
झापा : श्रीमतीको हत्या गरी शवलाई माटोमा गाड्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका-८ स्थित नयाँ खसिबजार निवासी ३३ वर्षीय मनोज बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।
प्रहरीका अनुसार बस्नेतले चार दिनअघि ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरी घरदेखि दुई मिटर उत्तर चौरमा शव गाडेका थिए।
स्थानीयले आज दिउँसो ४:५० बजे गाडिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव फेला परेपछि अनुसन्धानका क्रममा बस्नेतलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए।
उदयपुर रामपुर-८ घर भई उनीहरू अर्जुनधारा ८ मा बस्दै आएका थिए। सामान्य मजदुरी गर्दै आएका बस्नेतले पारिवारिक कलहका कारण श्रीमतीको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

